रामेछापको विकासमा बजेटको अभाव हुँदैनः मन्त्री ढुंगेल



१ वैशाक, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछापको विकासमा बजेटको अभाव हुन नदिने बताएका छन् । प्रदेश सरकारले रामेछापबाट माग भए भन्दा बढी बजेट उपलब्ध गराएको बताउदै उनले समृद्धि रामेछाप बनाउने अभियानमा आफू लागि परेको बताएका हुन् ।
खाँडादेवी गाउँपालिकाद्धारा नयाँ बर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं गाउँपालिकाको दुई बर्ष कार्यालयको समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले चार वटक सडक कालोपत्रे गर्न काम अगाडि बढाएको बताए ।

उनले भने,‘सित्खा खाँडादेवी मन्दिर अग्लेश्वर हुँदै सैलुङसम्म केबलकार सञ्चालन गर्न अध्ययनको काम केही दिनभित्र नै अगाडि बढछ ।’ समग्र जिल्लाको विकासको मार्गचित्र आफूले तयार पारेको बताउदै रामेछापलाई पर्यटकीय जिल्लाको रुपमा चिनाउने धेरै ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक ठाउँहरु रहेको बताए ।


गाउँपालिकाले जनताको मन जित्ने गरी काम गर्दै आग्रह गर्दै मन्त्री ढुंगेलले भने,‘सरकारले सुशासन कायम गराउनु पर्छ, भ्रष्टचारको कही कतै पनि गन्ध आउनु हुँदैन, जनप्रतिनिधिले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम गरेर देखाउनु पर्छ ।’
नेकपाकै नेतृत्वको सरकारले देशको विकास गर्ने बताउदै उनले अहिलेको सरकारसँग मात्र विकास गर्ने क्षमता रहेको बताए । बजेट भएर पनि समयमा नै खर्च नहुने समस्या रहेकोप्रति असन्तुष्टि जनाउदै मन्त्री ढुंगेलले सबैले सकारात्मक सोचका साथ अघि बढे विकासको गति तीब्र गतिमा अगाडि बढने विश्वास व्यक्त गरे ।


कार्यक्रममा ३ नं प्रदेशका सांसद शान्तिप्रसाद पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिमा २ वर्षको बिचमा भएका प्रमुख काम र अबका योजना प्रस्तुत गरेका थिए । गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, नेतृत्व विकास, सामाजिक विकास, न्याय निरुपण लगायतका क्षेत्रमा भए गरेका कामको बारेमा उनले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्