रामेछापको पर्यटकीय क्षेत्र तामेको विकासमा दुई अध्यक्षको सक्रियता



२ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको पर्यटीय क्षेत्र तामेको विकासमा उमाकुण्ड गाउँपालिका र गोकुगलगंगा गाउँपालिकाले सक्रियता देखाएका छन् । धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाएको तामेको विकासमा दुई गाउँपालिकाले जुटेका हुन् ।

उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको संगमस्थल तामेमा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउनेको लागि भौतिक पूर्वाधार निर्माणको काम पनि अगाडि बढाइएको छ ।
करिब ३१ सय मिटर उचाइमा रहेको तामे डाँडाको विकास गर्न संयुक्त रुपमा लाग्ने दुई गाउँपालिका अध्यक्षद्धयले प्रतिबद्धता व्यक्त गरेका छन् ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले तामेको विकासमा सहकार्य गरेर अगाडि बढने बताउदै देशकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना सहित अगाडि बढेको बताए । दुई गाउँपालिकाका अध्यक्षद्धयले तामे डाँडामा निर्माण हुन लागेको चाई मन्दिरको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले तामे डाँडाको विकासको लागि गुरु योजना नै निर्माण भइसकेको बताए । उनले भने,‘गुरु योजना अनुसार काम अगाडि बढाउछौं, तामे आफैमा अग्लोस्थल हो,यसमा थप भ्युटावर बनाएर दृष्यावलोकन गर्न सहज बनाउछौं ।’ गुरु योजना अनुसार तामे डाँडामा भ्युटावर, बुद्धको मुर्ति, चाई मन्दिर, पार्क, चिया बगान लगायतको योजना समावेश छ ।

प्रतिक्रिया दिनुहोस्