रामेछापमा पहिलो महिला सिडियो केसीले सम्हालिन जिम्मेवारी



६ वैशाक, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक महिला सिडियोले जिम्मेवारी सम्हालेकी छिन् । रामेछापको प्रमुख जिल्ला अधिकारीकोे रुपमा लिला कुमारी पाण्डे (केसी)ले शुक्रवार जिम्मेवारी सम्हालेकी हुन् । गृह मन्त्रालयले गत चैत्र २५ गते रामेछापका प्रजिअ कृष्ण प्रसाद शर्मालाई सरुवा गर्दै केसीलाई रामेछापको प्रजिअ बनाएको थियो ।


सरुवा भएको डेढ सातापछि आज केसीले जिम्मेवारी सम्हालेकी छिन् । प्रजिअ केसीलाई जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गरेका थिए । प्रजिअ केसीले जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बजुबद्ध बनाउनेदेखि लिएर सेवा प्रवाहमा विशेष ध्यान दिने रामेछाप न्युजलाई बताइन ।

प्रतिक्रिया दिनुहोस्