प्रविधिको प्रयोगमा विद्यार्थी पोख्त हुनुपर्छः सचिव कार्की



६ वैशाक, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले रोजगारयुक्त शिक्षाले मात्र देशलाई समृद्ध बनाउने बताएका छन् । उनले प्रविधिमैत्री र वैज्ञानिक शिक्षा प्रणालीले मात्र देशको मुहार फेर्न सक्ने बताएका हुन् ।

नेपाल विद्यार्थी संघको ४९ स्थापना दिवसको अवसरमा नेविसंघ मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस ईकाइ समिति मन्थलीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कार्कीले लामो संघर्षबाट स्थापित राजनीतिक परिवर्तलाई जोगाउने जिम्मेवारी नेविसंघको काँधमा आएको बताए ।

सन्त नेता आदर्श पुरुष कृष्णप्रसाद भट्टराईले स्थापना गरेको नेविसंघको आदर्शको राजनीतिकलाई स्थापित गराउन योगदान दिनुपर्नेमा जोड दिदै उनले २१ औ शताब्दीका विद्यार्थीहरु प्रविधिको प्रयोगमा पोख्त हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ, क्याम्पस प्रमुख ऋषिराज कार्की, स्ववियु सचिव विमल पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्