नेकपाका नेता श्रेष्ठलाई मातृ शोक, मन्त्री ढुंगेलद्धारा दुःख व्यक्त



८ वैशाक, रामेछाप ।
नेकपाका रामेछापका नेता ज्ञान कुमार श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठको आमा मान कुमारी श्रेष्ठको आज ९७ बर्षको उमेरमा निधन भएको हो । मान कुमारी श्रेष्ठ खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा सदस्य भीम श्रेष्ठकी हजुर आमा समेत हुन् ।

खाँडादेवी गाउँपालिका–३ भिरपानी साविक भिरपानी गाविसका अध्यक्ष समेत रहेका श्रेष्ठको आमा, वडा सदस्य श्रेष्ठको हजुर आमाको निधन भएकोप्रति नेकपाका नेताहरुले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति संमवेदन दिएका छन् ।

मान कुमारी श्रेष्ठको निधन भएकोप्रति प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दुःख व्यक्त गरेका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढुंगेलले दुःखद क्षणमा मृतक श्रेष्ठप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरेका छन् ।

त्यसैगरी रामेछापका प्रतिनिधिसभा सांसद एवं नेकपाका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले पनि नेता श्रेष्ठको आमाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त परिवारजनमा संमवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्