कर्मचारी नहुँदा प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भोः मुख्यमन्त्री पौडेल



८ वैशाक, हेटौडा ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताएका छन् । प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आयोजित कार्यक्रममा उनले कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारसँग बजेट तथा साधन स्रोत छ तर कर्मचारी अभावका कारण विकास निर्माणको काम हुन सकेको गुनासो गरे । उनले भने,‘कर्मचारी सरुवा भएर आउँछन् जान्छन् तर प्रदेश सरकारलाई कुनै जानकारी हुँदैन ।’
दर्जनौँ स्थानीय तह कर्मचारीविहीन भएको छन, अहिलेको परिवर्तनशील समाजमा कर्मचारीको दायित्व र जवाफदेहिता अझ बढेको छ, मुख्यमन्त्री पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्