टुंगो लाग्यो एकताः नेकपा रामेछापको अध्यक्षमा तामाङ सचिवमा श्रेष्ठ



८ वैशाक, काठमाडौं ।
पार्टी एकीकरण भएको झण्डै एघार महिनापछि नेकपाले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । भोली पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले जिल्ला अध्यक्ष र सचिवको घोषणा गर्न लागेको हो ।
सचिवालय बैठकले रामेछापमा नेकपाको अध्यक्षमा डिल्लीमान तामाङ र सचिवमा आनन्द श्रेष्ठको नाम टुंगो लगाएको छ । नेकपा रामेछापले पार्टीले तामाङ र श्रेष्ठलाई सर्वसम्मत सहमति गरेर प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

प्रदेश कमिटीको सिफारिस अनुसार नै सचिवालय बैठकले तामाङलाई अध्यक्ष र श्रेष्ठलाई सचिव बनाएको नेकपाका एक नेताले रामेछाप न्युजलाई बताए । सिफारिस भएको लामो समय वितिसक्दा समेत जिल्लाको अध्यक्ष र सचिवाको टुंगो लाग्न सकेको थिएन ।

पूर्व माओवादी केन्द्रबाट तामाङ अध्यक्ष र पूर्व एमालेबाट श्रेष्ठ सचिव बनेका हुन् । पूर्व सभासद एवं माओवादीका पूर्व अध्यक्ष समेत रहेका तामाङ प्रदेश कमिटीको सदस्यमा पनि चयन भइसकेका छन् ।

श्रेष्ठ पूर्व एमालेका जिल्ला कमिटीका सचिव हुन् । रामेछापमा जिल्ला कमिटीको सदस्यहरुको टुंगो पूर्व दुई पार्टीलय यस अघि नै टुंगो लगाइसकेका छन् । त्यसैगरी पूर्व एमाले र माओवादीले स्थानीय तहमा भागवण्डा गरेर नाम समेत सिफारिस गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्