रामेछापमा फेरियो नेतृत्वः अध्यक्षमा मोक्तान, सचिवमा पौडेल



९ वैशाक, काठमाडौं ।
नेकपाको सचिवालय बैठकले अन्तिम समयमा रामेछापको नेतृत्व परिवर्तन गरेको छ । नेकपालेले रामेछापको जिल्ला कमिटीको अध्यक्षमा मैन कुमार मोक्तान र सचिवमा शान्ति पौडेललाई बनाएको छ । मोक्तान पूर्व माओवादी केन्द्रका जिल्ला संयोजक हुन भने पौडेल एमालेका पूर्व जिल्ला कमिटीका अध्यक्ष हुन् ।

सचिवालय बैठकले सैद्धान्तिक सहमति गर्दै यस अघि जिल्ला कमिटीमा जिम्मेवारी लिएकालाई नै अध्यक्ष र सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । यस अघि सर्वसम्मत रुपमा अध्यक्षमा सिफारिस भएका डिल्लीमान तामाङ र सचिवमा सिफारिस भएका आनन्द श्रेष्ठले अन्तिम सयममा आएर आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्