रामेछापमा पार्टीभित्रको गुटबन्दी अन्त्य गरेर अगाडि बढछौः सचिव पौडेल



९ वैशाक, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका सचिव शान्ति प्रसाद पौडेलले जिल्लामा गुटबन्दी अन्त्य गरेर अगाडि बढने बताएको छन् । सचिव भएपछि रामेछाप न्युजसँग कुराकानी गर्दै उनले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढने बताएका हुन् ।
‘पार्टी सबैको हो, सबैले आ–आफ््नो विचार राख्न पाउछन, सबैले काम गर्ने वातावरण पाउने गरी योजना बनाउछौ’, सचिव पौडेलले भने,‘पार्टीलाई सुदृढ गर्न र स्थानीय सरकारलाई व्यवस्थित बनाउने काममा लाग्छौं ।’

पार्टीले लिएको समृद्धिको नारालाई सार्थक बनाउन र रामेछाप जिल्लाको विकास निर्माणको काम विशेष ध्यान दिने बताउदै उनले योजनाबद्ध रुपमा पार्टीलाई परिचालन गर्ने बताए ।
जिल्लामा रहेको गुटको व्यवस्थापन कसरी हुन्छ भन्ने जिज्ञासामा सचिव पौडेलले रामेछाप न्युजसँग भने,‘पार्टीभित्र काम नगर्नेहरुले गुट निर्माण गर्ने हुन, जो काममा सक्रिय हुँदैन, उनीहरुले मात्र गुट बनाउने छन्, सबैले काम गरेर प्रतिस्पर्धाबाट अगाडि बढनु पर्छ, गुटबन्दी अब हटछ ।’ तीन नम्बर प्रदेशका सांसद समेत रहेका सचिव पौडेले पार्टीभित्र गुटबन्दीले खासै असर नगर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्