पर्यटन गन्तव्य गाउँ दोरम्बामा गायक कृष्ण कंडेल र विदेशी लोकदोहोरी गायिकाको जमघट हुँदै



१० वैशाक, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बालाई ‘पर्यटन गन्तव्य गाउँ’ घोषणा गरिएसँगै दोरम्बा गाउँलाई चिनाउने अभियानमा जनप्रतिनिधि र स्थानीयवासी जुटेका छन् । ३९ औ विश्व पर्यटन दिवसको अवसरमा दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरिएको थियो ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ)ले गाउँ पर्यटनको खोजी गर्ने क्रममा दोरम्बालाई छनोट गरेको थियो । सोही आधारमा पर्यटन बोर्डको सिफारिसको आधारमा पर्यटन मन्त्रालयले नयाँ गन्तव्य गाउँको रुपमा दोरम्बलाई पर्यटन गन्तव्य गाउँ घोषणा गरेको थियो ।
दोरम्बा गाउँलाई पर्यटन गन्तव्य गाउँमा घोषण गरेपछि दोरम्बावासीमा खुसीयाली छाएउनुको साथै आन्तरिक एवं बाह्य पर्यटकको समेत वृद्धि भएको छ ।


दोरम्बावासीले विगत लामो समयदेखि नै पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग राख्दै थिए । दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरिएसँगै भौतिक पूर्वाधार निर्माणको कामलाई पनि अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग श्रेष्ठले पर्यटन क्षेत्रको विकासको लागि वडाको डिपिआर बनाएर नै काम अगाडि बढाएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पर्यटन गन्तव्य गाउँ घोषणा भएपछि स्थानीयले उत्साहित भएका छन्, हामी योजनाबद्ध रुपमा विकास गर्ने योजनामा अगाडि बढेका छौं ।’
दोरम्बा हुँदै सैलुङसम्मको पर्यटन विकासमा पर्यटन गन्तव्य गाउँ घोषणाले थप टेवा पुर्याउनेछ ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) का महासचिव जस्फा पाण्डेले पर्यटन गन्तव्य गाउँ घोषणा भएपछि पहिलो पटक दोरम्बा वैशाक १२ गते औपचारिक कार्यक्रम गर्न लागिएको बताए ।
दोरम्बाका स्थानीय अमिर लामाले पर्यटन गन्तव्य गाउँ घोषणाले स्थनीयलाई उत्साहित बनाएको बताउदै होमस्टेललाई व्यवस्थित बनाउन जुटेको बताए ।

पाँच कारणले आर्कषणको केन्द दोरम्बा

दोरम्बाको आफ्नै पहिचान र मौलिकता छ । सैलुङको काखमा रहेको दोरम्बा प्राकृतिक रुपमा निकै सुन्दर र मनमोह छ । दोरम्बामा चिटिक्क परेका वस्ती, धर्म संस्कृति रितिरिवाज, रहनसहन लगायतको कारण पर्यटकको आर्कषण गन्तव्यको रुपमा विगतदेखि नै चिनिदै आएको छ । दोरम्बामा यस अघि देखि नै होमस्टेको सेवा सञ्चालन हुँदै आएको थियो । दोरम्बामा विशेषगरी अग्लेश्वरी महादेव मन्दिर,तालाच्यु गढी, दोरम्बाको डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृतिको कारण आर्कषण गन्तव्यको रुपमा चिनिदै आएको छ ।
कलाकारको जमघट हुँदै
दोरम्बा गाउँपालिकाको समन्वयमा भिटोफले आयोजना गर्ने कार्यक्रममा दोरम्बा गाउँ पर्यटन विकास समिति सह आयोजक रहेको छ भने नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ । कार्यक्रममा इन्द्रेणी कार्यक्रमका सञ्चालक एवं लोक गायक कृष्ण कंडेलको टोलीले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

त्यसैगरी अमेरकी चर्चित दोहोरी गायिका अन्ना स्टीर, स्थानीय कलाकाहरुको प्रस्तुति रहने कार्यक्रममा अमेरिका, फ्रान्स द. कोरिया लगायतका देशका पाहुनाहरुको सहभागीता रहनेछ ।

अमेरकी चर्चित दोहोरी गायिका अन्ना स्टीर, स्थानीय कलाकाहरुको प्रस्तुति रहने कार्यक्रममा अमेरिका, फ्रान्स द. कोरिया लगायतका देशका पाहुनाहरुको सहभागीता रहनेछ ।

यस कारण चर्चित छ दोरम्बा
दोरम्बा ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा चर्चित छ । जनयुद्धको समयमा २०६० साल श्रावण ३२ गते तत्कालिन सरकारले बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन नेकपा माओवादीका २१ नेता तथा कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । उक्त घटनाबाट दोरम्बा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रुपमा चर्चामा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्