दोरम्बा गाउँपालिकाकाे निगुरेमा खोलाले बगाएर ११ बर्षिय बालकको निधन



११ वैशाक, रामेछाप ।
दोरम्बा गाउँपालिका–३ टोकपुरस्थित निगुरेमा हिजो आएको बाढीले बगाएर एक बालकको ज्यान गएको छ । मुसलधारे पानीसँगै भिमसेन खोलामा आएको बाढीले ११ बर्षिय अनिष श्रेष्ठलेको ज्यान गएको हो ।
खोला तर्ने क्रममा अचानक आएको बाढीले अनिषसँगै उनका हजुरबुबा भिमसेन नगरकोटीलाई पनि बगाएको थियो । तर नगरकोटी भने पचास मिटर तल पुगेर बाँच्न सफल भएका थिए । धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत श्रेष्ठको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ ।
धन्यश्वर आधारभूत विद्यालयका शिक्षक तेज नगरकोटीले अनिषको निधनले गाउँ नै शोकमा डुबेको बताए । उनले रामेछाप न्युजसँग भने,‘बस्तु लिएर घर फर्किदा खोला तर्ने क्रममा अचानक आएको ठूलो बाढीले श्रेष्ठको ज्यान गयो ।’ बर्षाको समयमा तर्न नसक्ने गरी बाढी आउने गरेपनि अहिले खोलामा पानी छैन् । शिक्षक नगरकोटीले भने,‘वैशाकमै बाढी आएर मानिस बगाउछ भन्ने कल्पना पनि गरेका थिएनौ ।’ मंगलवार शैलुङ क्षेत्रमा अध्याधिक ठूलो पानी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्