शैलुङमा बिजुली बल्यो,खोलाखर्कवासीमा खुसीयाली



१२ वैशाक, रामेछाप ।
दोरम्बा गाउँपालिका–१ डडुवास्थित खोलाखर्कमा पहिलो पटब बिजुली बलेको छ । दोरम्बा गाउँपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणले खोलाखर्कमा विद्युतीकरण गरेको हो । विद्युत प्राधिकरणलेले डडुवादेखि खोलाखर्कसम्म बिजुली पुर्याएको हो ।


शैलुङ महोत्सवलाई फाइदा
भोलीबाट हुने प्रथम शैलुङ महोत्सवस्थल खालाखर्कमा बिजुली पुगेपछि आयोजकलाई राहत भएको छ । लाखौ खर्च गरेर जेनेरेटर लैजानु पर्ने बाँध्यता हटेको छ । खोलाखर्कको स्थानीय बिजुली बलेपछि खुसी भएका छन् ।

बुधवार दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले खोलाकर्खमा बिजुली बालेर उदघाटन गरेका थिए । खोलाखर्कमा करिब ३५ घरधुरी रहेको छ । शैलुङको मुख्य प्रवेशद्धारा खोलाखर्कमा बिजुली पुगेपछि पर्यटकहरुको लागि सहज भएको छ । भोलीबाट तीन दिन अर्थात वैशाक १३, १४ र १५ गते शैलुङ महोत्सव खोलाखर्कमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्