भोलीबाट प्रथम शैलुङ महोत्सवः प्रचण्डले उदघाटन गर्ने
नारायण श्रेष्ठ
१२ वैशाक, रामेछाप । भोलीबाट प्रथम शैलुङ सांस्कृतिक तथा प्राकृतिक महोत्सव सुरु हुने भएको छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्य सहित वैशाक १३, १४ र १५ गते तीन दिन शैलुङ महोत्सव हुन लागेको हो ।
रामेछापको दोरम्बा गाउँपालिकाका मुख्य आयोजक रहेको महोत्सवमा दोलखाको मेलुङ र शैलुङ गाउँपालिका पनि आयोजकको रुपमा रहेका छन् । दोरम्बा गाउँपालिकाको पहलमा पहिलो पटक दोरम्बाको खोलाखर्कमा महोत्सव हुन लागेको हो ।
महोत्सवको सम्पूर्ण तयारीको काम सम्पन्न भएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजलाई बताए । उनका अनुसार महोत्सव हुने खोलाखर्कमा ६० वटा स्टल राखिएको छ । महोत्सवमा स्थानीय पहिचान झल्कने कला संस्कृति आर्कषणको केन्द्र हुने आयोजकले बताएको छ ।
महोत्सवको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्रम रहेको अध्यक्ष मोक्तानले जानकारी दिए । त्यसैगरी महोत्सवको समापन तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गर्ने कार्यक्रम रहेको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले बताए ।