आजबाट प्रथम शैलुङ पर्यटन महोत्सव भव्य तयारी



नारायण श्रेष्ठ
१३ वैशाक, रामेछाप । पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्य सहित आजबाट प्रथम शैलुङ महोत्सव सुरु हुँदैछ । आजबाट तीन दिन चल्ने महोत्वसमा शैलुङ क्षेत्रको खाका तयार गर्नेछ । साथै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने योजना समेत निर्माण हुने छ । रामेछापको दोरम्बा गाउँपालिकास्थित खोलाखर्कमा हुने लागेको शैलुङ महोत्सवमा सहभागी हुनेहरु विहिवारबाटै भिड लागेको छ ।


महोत्सवमा ६० वटा स्टल राखिएको छ । महोत्सवमा करिब १५ हजार सहभागी हुने अपेक्षा दोरम्बा गाउँपालिकाले गरेको छ । दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले शैलुङ महोत्सव मार्फत देशकै प्रमुख पर्यकीयस्थलको रुपमा विकास गर्ने उदेश्य सहित शैलुङ सांस्कृतिक तथा प्राकृतिक महोत्सवको आयोजना गरिएको रामेछाप न्युजलाई बताए ।

शैलुङ ऐतिहासि, धार्मिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको रुपमा चिनिदै आएपनि उचित प्रचार प्रसार हुन सकेको छैन् । शैलुङ महोत्सवमा सहभागी हुनेहरुले शैलुङ डाँडामा रहेको भ्यु टावरबाट दृष्यावलोक गर्ने छन् भने विभिन्न धार्मिकस्थलहको दर्शन गर्ने गरी आयोजकले व्यवस्था गरेको छ । दोरम्बा गाउँपालिका आयोजक रहेको महोत्सवमा दोलखाको सैलुङ र मेलुङ गाउँपालिका पनि आयोजकको रुपमा रहेका छन् ।

आयोजकको अनुसार महोत्सवमा करिब ८० लाख रुपैयाँ खर्च हुनेछ । महोत्सवको लागि दोरम्बा गाउँपालिकाले २० लाख, दोलखाको मेलुङ र शैलुङ गाउँपालिकाले पाँच÷पाँच लाख बजेट विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्