रामेछाप निवासी नायक सुर्दशन गौतमविरुद्ध रेड नोटिस जारी



१३ वैशाक, काठमाडौं ।
रामेछाप सुनापती गाउँपालिका–१ गुन्सी स्थायी घर भइ हाल क्यानडाका नागरिक सुर्दशन गौतमको विरुद्ध प्रहरीले रेड नोटिस जारी गरेको छ । प्रहरीले ‘हिम्मतवाली’ चलचित्रका नायक समेत रेका गौतमलाई मानव बेचविखन मुद्दामा रेड नोटिस जारी गरिएको हो ।
भएको प्रहरी प्रधान कार्यालयका अनुसार गौतमविरुद्ध नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानवतस्करी गरेको अभियोग छ ।


८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेड नोटिस जारी भएको प्रहरीको इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जोशले बताए । गौतम हाल नेपाली नागरिकता त्यागेर क्यानडामा बस्दै आएको छन् । यसअघि इन्टरपोलले ३१ जना नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

गौतको करेन्टको कारण दुवै हात गुमेपछि खुट्टाले लेखर उच्च शिक्षा हासिल गरेका थिए । त्यसको साथै दुवै हात नभएर पनि उनले सगरमाथाको आरोहण गरेका थिए । छोटो समयमा नाम कमाउन सफल गौतमको विरुद्ध रेट नोटिस जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्