प्रथम शैलुङ्ग महोत्सवः सांसदद्धय श्रेष्ठ र गुरुङले गरे उदघाटन (फोटोफिचर)



१३ वैशाक, रामेछाप । पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्य सहित आजबाट सुरु भएको प्रथम शैलुङ महोत्सवको दोलखाका प्रतिनिधिसभा सांसद पार्वत गुरुङ र रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरेका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने कार्यक्रम रहेपनि मौसम खराब भएर उडान नभएपछि सांसदद्धय गुरुङ र श्रेष्ठले महोत्सवको उदघाटन गरेका हुन् ।

आजबाट तीन चल्ने महोत्सवमा ६० वटा स्टल राखिएको छ । महोत्सवमा करिब १५ हजार सहभागी हुने अपेक्षा दोरम्बा गाउँपालिकाले गरेको छ । देशकै प्रमुख पर्यकीयस्थलको रुपमा विकास गर्ने उदेश्य सहित शैलुङ सांस्कृतिक तथा प्राकृतिक महोत्सवको आयोजना गरिएको हो । शैलुङ ऐतिहासि, धार्मिक, पं्राकृतिक र पर्यटकीय क्षेत्रको रुपमा चिनिदै आएपनि उचित प्रचार प्रसार हुन सकेको छैन् ।

तस्बीरः विजय श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्