शैलुङलाई देशकै प्रमुख पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता



१३ वैशाक, रामेछाप
शैलुङलाई देशकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने रामेछाप र दोलखाका नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । आजबाट सुरु भएको प्रथम शैलुल सास्कृतिक एवं प्राकृतिक पर्यटन महोत्सवको उदघाटन सभारोहमा दुवै जिल्लाका नेताहरुले एकताबद्ध भएर शैलुङको विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।


रामेछाप र दोलखाको संगमस्थल शैलुङको प्रचार प्रसाद गर्ने उदेश्यले सुरु भएको महोत्सवमा रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले शैलुङको विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले भने,‘शैलुङको एकीकृत विकास योजना बनाएर नै अगाडि बढछु पर्छ, यसको विकास निर्माणमा भूमिका खेल्छु ।’


दोलखाका प्रतिनिधिसभा सांसद पार्वत गुरुङले दुई जिल्लाको साझा सम्पतीको रुपमा रहेको शैलुङको विकासमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


रामेछापको दोरम्बा गाउँपालिकाको पहलमा दोलखाको मेलुङ्ग गाउँपालिका र शैलुङ्ग गाउँपालिकाको संयुक्त आयोजना सुरु भएको महोत्सव वैशाक १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्