शैलुङ महोत्सवमा रोज मोक्तानदेखि प्रकाश कुटवालले भोली खोलाखर्क तताउने
१३ वैशाक, रामेछाप ।
प्रथम शैलुङ सांस्कृति तथा प्राकृतिक पर्यटन महोत्सव आजबाट सुरु भएको छ । महोत्सव उदघाटनसँग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको छ । आजको कार्यक्रममा कुन्ती मोक्तानले माथि माथि शैलुङ्गगेमा चौरी डुलाउनेलाई बोलको गीत गाएर सहभागीलाई नचाइन ।
शैलुङको पहिचान बनाउन सफल गीतले धेरै चर्चा पनि पायो । शैलुङलाई चिनाउन गीतको रुपमा कुन्ती मोक्तानले गाएको गीत सर्वाधिक चर्चा पाएको थियो । शैलुङ महोत्सवमा झन् यस गीतको महत्व बढेको छ । शैलुङलाई केन्द्र बनाएर अन्य गीत बजारमा आएपछि कुन्ती मोक्तानले गाएकै गीत सबैको जनजिब्रोमा झुण्डिएको छ ।
पर्यटन प्रदर्बद्धन गर्ने मुख्य उदेश्य सहित आयोजित महोत्वमा भोली चर्चित कलाकारहरु रोज मोक्तान, प्रकाश कटुवाल, शसीकला मोक्तान, सीता थापा, अविनाश घिसिङ लगायत स्थानीय कलाहरुले प्रस्तुती दिने कार्यक्रम रहेको महोत्सव आयोजक मुल समारोह समिति अन्तर्गतको कलाकार संयोजक रेम थापाले बताए ।
दोरम्बा गाउँपालिका–७ लखनपुरका वडा अध्यक्ष समेत रहेका थापाले शैलुङलाई थप प्रचारप्रसार गर्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको रामेछाप न्युजलाई बताए ।