शैलुङ महोत्सवः आन्तरिक पर्यटकको बढदाे आकर्षण (फोटोफिचर)



१४ वैशाक, रामेछाप ।
पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्य सहित सुरु भएको प्रथम शैलुङ प्राकृतिक एवं सांस्कृत पर्यटन महोत्सवमा उत्साहजक सहभागीता भएको छ । विशेषगरी आन्तरिक पर्यटनको आकर्षण बढेको छ । राष्ट्रिय रुपमा पर्यटकीय गन्तव्यको रुपमा परिचित भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा शैलुङको प्रचार हुन सकेको छैन् ।

दोरम्बा गाउँपालिकाको पहलमा पहिलो पटक पर्यटक भित्र्याउने उदेश्य सहित महोत्सव आयोजना गरिएको हो । एक सय भन्दा बढी डाँडा मिलेर बनेको शैलुङ प्राकृतिक रुपमा निकै मनामोहक देखिन्छ । धार्मिक दृष्टिकोणले पनि शैलुङ परिचित छ ।

३२ सय फिट उचाइमा रहेको शैलुङको गुरु योजना बनाएर नै काम अगाडि बढाउने योजना बनाएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान बताउछन् । महोत्सवमा ६० वटा स्टल राखिएको छ । महोत्सव वैशाक १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सहभागी हुनको साथ शैलुङको अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको भीड बढेको छ ।

प्रतिक्रिया दिनुहोस्