रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुलको ढलान गरिदै



१४ वैशाक, रामेछाप ।
रामेछाप–सिन्धुली जोडन बहुचर्चित खैरेनीघाटको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तर्गत रड विछ्याउने काम सम्पन्न भएकाले अब ढलानको गरिन लागेको हो ।

यस अघि नै ढलान हुनु पर्ने सुनकोसीस्थित खैरेनीघाटको पुलमा रड बाध्न प्राविधिक कारणले पुनः परिवर्तन गर्नुपर्दा ढिलाई भएको हो । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको रामेछाप न्युजलाई बताए ।


दस बर्ष अघि सुरु भएको पक्की पुल निर्माणको काम ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण निर्माण अवधि लम्बिदै आएको थियो । खैरेनीघाटको पुल ढलान भएपछि करिब दुई महिनापछि मात्र यातायात सञ्चालन गर्न मिल्ने ठेकेदार कम्पनीले बताएको छ । ट्रष्ट जडानको काम सम्पन्न गरेर अहिले ढलान गर्न अन्तिम चरणमा रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्