शैलुङ आकर्षक पर्यटकीय गन्तव्यः प्रजिअ केसी



१५ वैशाक, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले शैलुङ नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताएकी छिन् । उनले शैलुङ ऐतिहासि, धार्मिक, प्राकृतिक र सांस्कृति रुपमा धनी भएकाले मनोरमस्थलको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताएकी हुन् ।

शैलुङ महोत्सवमा सहभागी भएपछि प्रतिक्रिया दिदै प्रजिअ केसीले एक सय भन्दा बढी थुम्काहरुले सजिएकी जैविक विविधताले परिपूर्ण अपार सम्भावनाको खानी भएको बताईन ।

शैलुङको शब्दमा व्याख्या गर्न सकिदैन, उनले भनिन,‘ ऐतिहासिक धार्मिक सांस्कृतिक एवं प्राकृतिक मनोरस्थल आकर्षक सुरक्षित र मनोरम पर्यटकीय गन्तब्यको रुप्मा विकास गर्न सकिन्छ ।’ देश विदेशमा परिचित गराउ सकेको खण्डमा रामेछाप र दोलखावासीको मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत शैलुङले योगदान दिने विश्वास व्यक्त गरिने ।

प्रतिक्रिया दिनुहोस्