शैलुङ महोत्सवमा ३० हजार मानिस सहभागी



१६ वैशाक, रामेछाप ।
प्रथम शैलुङ प्राकृतिक एवं सांस्कृतिक महोत्सवमा तीस हजार भन्दा बढी मानिसहरुले सहभागीता जनाएका छन् । पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्य सहित पहिलो पटक शैलुङ क्षेत्रमा आयोजना गरिएको महोत्सवमा आन्तरिक पर्यटनको संख्या निकै उत्साहजनक देखिएको हो ।

महोत्सवको मुख्य आयोजक दोरम्बा गाउँपालिकाले करिब पच्चिस हजार मानिसहरु सहभागी हुने अपेक्षा गरेपनि महोत्सवमा आशा गरे भन्दा बढी मानिसहरु सहभागी भएको बताएको छ । विशेषगरी रामेछाप र दोलखाका अधिकाशं मानिसहरुले शैलुङ महोत्सवसँगै शैलुङको दृष्यावलोकन गरेका थिए । शैलुङमा फुलेको लालीगुराँस शैलुङ पुग्नेहरुको लागि आकर्षण बन्यो भने शैलुङमा पाइने चौरीले थप आकर्षण बढाएको थियो ।

वैशाक १३ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवमा तीस हजार भन्दा बढी मानिसहरुले सहभागीता जनाएको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले रामेछाप न्युजलाई बताए । उनले भने,‘पहिलो पटक महोत्सव आयोजना गरेका हौ, व्यवस्थापनको कार्यलाई राम्रो बनाउन सफल भयौ, सबैको साथ र सहयोगको कारण महोत्सव सफल बन्न पुग्यो ।’
महोत्सवको कारण शैलुङ क्षेत्रको पर्यटन विकासमा बृद्धि हुने आशामा थप उत्साह थपिएको गजुरेलले बताए । शैलुङ महोत्सवमा भएको खर्चको बारेमा केही दिनपछि जानकारी गराउने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्