ओख्रेनीवासीले गाउँमै स्वास्थ्य सेवा पाएपछि दंग



१७ वैशाक, रामेछाप ।
रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निशुल्क घुम्ती स्वास्थ्य शिविर अन्र्तगत नगरपालिका–६ ओख्रेनीमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा तीन दिन सञ्चालन भएको घुम्ती शिविरमा ओख्रेनीका २३५ जनाले सेवा लिएका छन ।


जसमा १५ जनाले भिडियो एक्सरे र ४० जनाले ल्याब सेवा लिएका छन । शिविरमा भिडियो एक्सरे,ल्याव,जनरल उपचार सेवा, सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको ओख्रेनी स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्