दिगो विकासको लागि सुझाव लिदै सुनापती गाउँपालिका
१७ वैशाक, रामेछाप ।
गाउँपालिकाले अगाडि सारेको ‘समृद्ध र खुसी सुनापती, कृषि पर्यटन र पूर्वाधार अमुल्य सम्पत्ती’को अभियानलाई सार्थक बनाउन सुनापती गाउँपालिकाले आवधिक योजना तर्जु गर्नमा गर्न सुझाव लिएको छ । गाउँपालिकाले अयाोजना गरेको कार्यशाला गोष्ठिमो राजनीतिक दल, विज्ञ, संघ संस्था र नागरिकहरुबाट गाउँपालिको आवश्यकता र गर्नुपर्ने कामको बारेमा सुझाव लिएको हो ।
गाउँपालिकाका अध्यक्ष धावा लामाले विकास निर्माणको प्राथमिकता निर्धारण गरेर मात्र योजना अगाडि बढाउने नीति अनुरुप सुझाव लिएको बताए । उनले भने,‘अब विकास निर्माणमा गर्दा योजनाको प्राथमिकता तोकिनेछ, जसको कारण बजेट विनियोजन गर्न सहज हुन्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दिर्घकालिन योजना तर्जुमाको लागि कार्यशाला गोष्ठिको आयोजना गरेको बताए । उनका अनुसार गोष्ठिमा आएका सुझावलाई प्राथमिकता दिएर नीति तथा योजना निर्माण गरिनेछ ।
गाउँपालिकालाई समृद्ध र दिगो विकास गर्न दिर्घकालिन योजना सहित अगाडि बढने नीति लिएको छ । हिजोबाट सुरु भएको कार्यशाला गोष्ठि भोलीसम्म सञ्चालन हुने छ । गाउँपालिकाको विकासको लागि राजनीतिक दलका प्रतिनिधि, विज्ञ र सरोकारवाला निकायसँग सुझाव लिएका गाउँपालिकाका प्रवक्ता कमल केसीले जानकारी दिए । सुझाव दिने सहभागीहरुले भौगोलिक अवस्थाका मुल्याङक गरेर उत्पादनलाई जोड दिदै रोजगार सृजना हुने कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।