लिखु खोलामा बेपत्ता युवकको शव भेटियो



१७ वैशाक, रामेछाप ।
तीन दिन अघि रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा वेपत्ता युवकको शव आज फेला परेको छ । तीन दिनदेखि प्रहरी र स्थानीयले खोजतलास गरेपछि पत्ता लाग्न नसकेको गोरखाका रामबाबु बुढाथोकीको शव आज शसस्त्र प्रहरीको गोताखोर टोलीले पत्ता लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले वेपत्ता युवा बुढाथोकीको शव भेटिएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमको लागि मन्थली ल्याएर परिवारलाई जिम्मा लगाइने छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा निर्माणाधिन स्वेतगंगा हाइड्रोपावरमा सुरुङ निर्माणमा कार्यरत मदजुर रामबाबु बुढाथाकी निधन भएपछि परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्