दस बर्षपछि बल्ल बन्यो खैरेनीघाटको पुल (भिडियो सहित)



१७ वैशाक, रामेछाप ।
दस बर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्की पुलको ढलान कार्य अगाडि बढेको छ । फलामको ट्रष्ट जोडने काम सम्पन्न भएसँगै पुलमा ढलान गर्ने काम धमाधम भइरहेको छ ।

स्थानीय राज मैनालीका अनुसार ढलान गर्ने काम अब दस प्रतिशत मात्र बाँकी रहेको छ । तीन बर्षभित्र सम्पन्न हुनु पर्ने पुल दस बर्षपछि बल्ल सम्पन्न हुन लागेको हो । करिब नौ करोड रुपैयाँ लगानीमा ९० मिटर लामो पुल निर्माण हुने भएपछि रामेछापवासीमा खुसीयाली छाएको छ ।


हेर्नुहोस यसरी निर्माण हुँदैछ पुल (भिडियो)

प्रतिक्रिया दिनुहोस्