गोकुलगंगा गाउँपालिकाको कार्यालय भवन बन्यो,अब एउटै भवनबाट सेवा



१८ वैशाक, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाको आफ्नै कार्यालय भवन निर्माण गरेकाे छ । करिब १५ महिना
अघि गाउँपालिकाको लगानीमा निर्माण सुरु गरिएको वीस कोठे प्रिफ्याक भवन निर्माण सम्पन्न भएको हो ।


नवनिर्मित कार्यालय भवनको तीन नम्बर प्रदेशका सांसद शान्ति पौडेलले उदघाटन गरे । १ करोड ९२ लाखमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले जानकारी दिए ।

उनले रामेछाप न्युजसँग भने,‘सुविधा सम्पन्न वीस कोठे भवन निर्माण भएको छ, अब एउटै भवनबाट सेवा प्रवाह गछौं ।’ गाउँपालिकाको केन्द्र रस्नालुमा भवन निर्माण भएपछि अब सेवा प्रवाहमा सहज भएको गाउँपालिकाका प्रवक्ता बलराम खड्काले बताए ।

भवन उदघाटन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्