सञ्चार क्षेत्रमा प्रविधिको प्रयोग बढाउनु पर्छः मन्त्री ढुंगेल



१९ वैशाक, हेटौडा ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सञ्चार क्षेत्रमा प्रविधिको प्रयोगलाई बढाउनु पर्ने बताएका छन् । उनले सूचना तथा सञ्चार प्रबिधिको महत्व निकै बढ्दै गएको बताएका हुन् ।
विहिवार हेटौंडामा आयोजित आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवसका अबसरमा आयोजित कार्यक्रममा मन्त्री ढुंगेलले समृद्ध नेपाल सुखी नेपाली अभियानमा सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको बताए ।

तीन नम्बर प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री ढुंगेले प्रबिधिको प्रयोगको ब्यापकता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेशका मुख्यन्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका ३ का प्रेश रजिष्टार रेवती सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्