टोलटोलमा पुगेर कानुन सिकाउदै रामेछाप नगरपालिका



राजन महतरा क्षेत्री
२० वैशाक, रामेछाप । रामेछाप नगरपालिकाले जिल्लामै पहिलो पटक सञ्चालन गरेको टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिले हेर्ने विवाद र समाधान गर्ने प्रक्रियाका बारेमा नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले न्यायिक समितिले टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रम सञ्चालन अगाडि बढाएको हो ।

बुधबार रामेछाप नगरपालिका–६ ओख्रेनीको भालुखोप र वडा नं ४ हिमगंगाको धारापानीमा न्यायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोे छ । यसअघि रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ,वडा नं २ देउराली, वडा नं ३ साँघुटार र वडा नं ५ रामपुरमा न्यायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

देशको नयाँ संरचना अनुसार निर्माण भएका नयाँ ऐन कानुन र नगरपालिकाले निर्माण गरेको स्थानीय ऐन, कानुनका बारेमा रामेछाप नगरपालिकाको अब बाँकी वडाहरुको टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रम गर्ने रामेछाप नगरपालिका उप–प्रमुख एवम् न्यायिक समिति संयोजक सिर्जना खड्काले बताइन ।

अभिमुखिकरण कार्यक्रममा नगरपालिकाको न्यायिक कार्यववधि, न्यायिक समितिका काम कर्तव्य र अधिकार,न्ययिक समितिमा निवदेन दर्ता गर्ने प्रक्रिया लगाएतका विषयमा नगरका वडा समिति, मेलमिलापकर्ता, स्थानीय संघ÷संस्था,सरोकारवाला र वडाका नागरिकहरुलाई प्रष्ट हुने गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।

टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रमको सहजिकरण रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले गरिरहेका छन् । टोलटोलमा सञ्चालन भइरहेको न्यायिक अभिमुखिकरण कार्यक्रमबाट आफुहरुले कानुनका बारेमा धेरै कुराहरु जान्ने अवसर पाएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्