संसदमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी



२० वैशाक, रामेछाप ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्दैछिन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी हुन् ।


दुई तिहाई नेतृत्वको सरकारको दोस्रो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।
सरकारले आर्थिक विकास, रोजगारी सृजनाना र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ । नीति तथा कार्यक्रम पारितपछि प्रि–बजेट छलफल गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्