वीपी राजमार्ग दुई लेनको बन्ने, रामेछापमा मंहगी घटने



२० वैशाक, काठमाडौं ।
साँघुरो सडकको कारण सवारी साधन सञ्चालन गर्न नै कठिनाइ भएपछि सडक विभागले वीपी राजमार्ग अन्तर्गतको धुलिखेल–खुर्कोट सडकलाई दुई लेनमा विस्तार गर्ने योजना अघि सारेको छ । आगामी वर्षको बजेटबाट नै यो खण्ड विस्तारका लागि रकम व्यवस्था गर्न विभागले सरकारसँग माग गरेको हो । सडक साँघुरो हुँदा दुर्घटना निकै बढेको छ । ओखलढुंगा, खोटाङ, दोलखा, रामेछाप लगायतका जिल्लाका सवारीको निकै चाप हुने गरेको छ । सुरुमा पहिलो चरणमा धुलिखेल–खुर्कोट सडक विस्तार गर्न योजना अगाडि सारेको छ ।
यो खण्डमा ठूला सवारी चलाउन रामेछाप क्षेत्रका स्थानीयले लामो समयदेखि माग गर्दै आएपछि यातायात व्यवस्था विभागले अनुमति दिएका छैन् । हाल सरकारले ३२ सिटसम्मको यात्रुबाहक र १० टनसम्मको मालबाहक सवारी मात्रै चलाउन सकिने गरी अनुमति दिएको छ ।

वीपी राजमार्गबाट हाले पूर्वबाट आउने र पूर्वी पहाडी जिल्लामा जाने साना सवारीको अत्याधिक रुपमा चाप छ । वीपी राजमार्गको पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने सम्झौता भइसकेको छ । वीपी राजमार्गमा आसपास क्षेत्रमा सञ्चालन भइरहेका क्रसरबाट उत्पादन निर्माण सामाग्री निर्यात हुँदा सडकको अवस्था निकै जिर्णे बन्दै गएको छ ।


दुई लेनको सडक निर्माण हुँदा रामेछापवासीलाई निकै फाइदा हुनेछ । अहिले वीरगन्जबाट ल्याउने सामाग्री सिन्धुलीमा पोल्टी गरेर सदरमुकाम मन्थली लगिने गरिएको छ भने काठमाडौंबाट वीपी राजमार्ग हुँदै मन्थली छोटो दुरी भएपनि धुलिखेल, दोललघाट दोलखा हुँदै सदरमुकाम मन्थली जाने गरेको छ । जसको कारण निर्माण सामाग्रीसँगै उपभोग्य वस्तुको समेत मुल्य महंगो पर्ने गरेको छ । रामेछाप उद्योग वाणिज्य संघकाका अध्यक्ष श्याम थापाले विभागले अगाडि सारेको योजनाले रामेछापवासीलाई उत्साहित बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्