सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गर्ने सरकारको घोषणा



वैशाख २०, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता र वृद्ध भत्ता बढाउने भएको छ ।

शुक्रवार शुक्रवार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष सामाजिक सुरक्षा र वृद्धभत्ता बढाइने बताउनुभएको हो ।

आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । यसबाट कर्मचारी, मजदुरलगायत लाभान्वित हुने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्