पैसा नहुँदा रामेछापका खत्री अस्पतालमा छटपटाउदै, सहयोगको आग्रह



२१ वैशाक, काठमाडौं । लिखु तामाकोसी गाउँपालिका–३ काङ्गवाका ६६ बर्षिय कृष्णबहादुर खत्री अस्प्तालको शैयामा छटपटाइरहेका छन् । पैसाको अभावमा आगोमा परी घाइते भएका खत्रीको शल्यक्रिया हुन सकेको छैन् । आर्थिक अवस्था कमजोर हुँदा खत्री अस्पतालमा छटपटाइरहदा परिवारले भने सहयोगको आग्रह गरेको छ ।

घरमा राती सुतेको अवस्थामा अंगेनोमा रहेको आगो उनको शरीर जलेको छ । अर्धचेत अवस्थामा खत्रीलाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याइएको थियो । उनको अवस्था खतरामुक्त भएपनि तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । तर परिवारसँग पैसा नहुँदा तीन दिनदेखि खर्च जुटाउने कार्यमा लागेपछि परिवारले सकेको छैन् ।

घाइते खत्रीको छोरा छोरा ज्ञानबहादुर खत्रीले आफूसँग भएको पैसा उपचार खर्चमा सकिएको बताए । उनका अनुसार शल्यक्रिया गर्न ५ लाख रुपैयाँसम्म लाग्नेछ । अप्रेसनको लागि दुई तीन पटक तयारी गरेपछि पैसा जुटाउन नसक्दा हुन सकेको छैन, खत्रीले रामेछाप न्युजसँग भने,‘गरिब भएर बाँच्न पनि निकै गाह्रो रहेछ ।

छोपुवा व्यथा भएका खत्री राती सुतेको कतिबेला अँगेनामा परेका थिए । जसको कारण उनी अर्धचेत अवस्थामा बिहान मात्र श्रीमती अँगेनामै बेहोस अवस्थामा भेटेकी थिएन । श्रीमती कान नसक्ने भएको कारणले पनि समयमा थाहा पाउन सकेकी थिइनन । एक मात्र छोरा खत्री सामान्य मजदुरी गर्दै आएका छन् ।

उनले आफन्त र दाजुभाइ सबै गुहार्दा पनि कतैबाट पैसा नजुटेको गुनासो गरे । ‘बुबाको छिटो भन्दा छिटो अप्रेसन गर्नु छ, सबैलाई हार गुहार गरिसके, खै गरिबलाई कसैले पनि सहयोग गरेन’, उनले भने,‘बुबाको अप्रेसन मात्र गर्न पाए जसरी पनि ऋण तिर्छु ।

यदी पैसाको अभावमा छटपटाइरहेका खत्रीको उपचारमा सहयोग चाहनुहुन्छ भने ज्ञानबहादुर खत्रीको सनराइज बैंकमा रहेको खाता नम्बर ०३६०४१२३७७२०५००१ जम्मा गरिदिन सकिनेछ । सानो सहयोगले पनि खत्रीको जीवन बनाउन सकिने भएकाले कसेको सहयोग गरौं । घाइते खत्रीको किर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्