रामेछापमा बधशाला नहुँदा विजोगः बजारवासी झिंगा भन्किएकै मासु खान बाँध्य



राजन महतारा क्षेत्री
२१ वैशाक, रामेछाप । रामेछाप नगरपालिका–८ रामेछाप बजारमा बधशाला नहुँदा उपभोक्ताहरु अस्वस्थकर मासु खान बाँध्य भएका छन । रामेछाप बजारमा हरेक हप्ताको विहिबार लाग्ने हाटमा बधशाला नहुदा सफा र ताजा मासु खान नपाएको स्थानीयहरुले गुनासो गरेको छन । विशेषगरी विहिबारे हाटमा सुंगुर र बंगुरको मासु बढी विक्री वितरण हुँदै आएको छ ।

मासु राखेर बेच्ने ठाउँ र जिउँदो खसी बोकाको कारोबार हुने ठाउँ नजिकै भएकाले मानिसहरुले आवातजावत गर्दा उड्ने धुलो पनि मासुमै मिसिने गरेको छ । न व्यवस्थित स्थल त बधशाला नै । ठाउँको अभावमा धुलोमै मासुनको व्यापार गर्नु परेको स्थानीय मासु व्यवसायी छत्र बहादुर शाही बताउछन ।

नगरपालिकाले व्यापारीहरुसँग कर उठाउने तर व्यवस्थित बधशाला निर्माणमा भने ध्यान नदिदा व्यापारी र उपभोक्ता दुवै मारमा परेको रामेछाप बजारकी स्थानीय व्यापारी तुलसा कार्कीले गुनासो गरिने । उनले भनिन–सरकार कर मात्र लिन्छ, हाट बजार व्यवस्थित गर्ने र बधशाला बनाउनतिर ध्यान नै दिदैन ।’ बधशाला नहुँदा हाट लाग्ने दिन मासु व्यापार गर्ने व्यापारीहरु तातो घाम र पानी नभनी नभनि खुल्ला आकाशमुनि बसेर मासु व्यापार गर्न बाँध्य छन ।

मासु उपभोग गर्ने स्थानीयहरु झिंगा भन्किएको , धुलोमैलो भएको फोहोर मासु किनेर खान बाँध्य हुँदै आएका छन । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कील खुल्ला ठाउँमा राखिएको मासु खादा टाइफाइड, झाडापखाला आउ, पेटको समस्या र डाइरियाको मात्र होइन मानिसको मृत्यु समेत हुन सक्ने बताउछन ।
उनले मासु काटेको ठाउँ, विक्रीस्थल परिक्षण गरेर मात्रै मासुको प्रयोग गर्न उपभोक्ताहरुलाई सुझाव दिए ।
यता रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले रामेछापको विहिबारे हाट रामेछाप बजारबाट अन्यत्रै सार्न लागिएको बताउछन । उनले रामेछाप न्युजसँग भने,‘हाट बजार लाग्ने ठाउँ सर्ने वितिक्कै व्यवस्थित बधशाला निर्माण गरि पुस्तौँ देखि लाग्दै आएको विहिबारे हाट बजार व्यवस्थित बनाउछौं ।’ ठाउँको खोजीमा छौ, अब धुलोमा मासुको व्यापार गर्नु पर्ने बाँध्यता हटाउछौ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्