दुई महिनामा मन्थलीबाट १९ सय उडान ११ हजार पर्यटक भित्रिए



स्नेहा सिलवाल

२३ वैशाक, काठमाडाैं । रामेछाप जिल्लामा दुई महिनाको अवधिमा दस हजार पर्यटक भित्रिएका छन् । मन्थलीबाट लुक्ला उडान सुरु भएपछि रामेछापको सदरमुकाम मन्थलीमा पर्यटकको आवतजावत ह्वातै बढेको हो । दुई महिनाको अवधिमा मन्थली–लुक्ला आउने÷जाने गरी १९ सय भन्दा बढी उडान भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै नेपाल नागरिक उड्यान प्राधिकरणले लुक्लाको लागि विकल्पमा मन्थली विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो । मन्थली विमानस्थलबाट हाल दैनिक २५ देखि ४५ वटासम्म फ्लाइट हुने गरेको छ ।


नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित चौरसियाले दुई महिनाको अवधिमा ११ हजार पर्यटन मन्थली विमानस्थलबाट लुक्ला जाने आउने गरेको रामेछाप न्युजलाई बताए । उनका अनुसार ११ हजार मध्ये ८ हजार भन्दा बढी विदेशी पर्यटक रहेका छन् ।


मन्थलीबाट लुक्ला उडान सुरु गरेको यस अवधिमा लुक्लाबाट मन्थली ९ सय ५५ र मन्थलीबाट लुक्ला ९ सय ५९ फ्लाइट उडान भएको बताउदै चौरसियाले तीन वटा विमान कम्पनीका सात वटा विमानले उडान गर्दै आएको बताए । मन्थलीबाट लुक्ला १५ देखि २० मिनेटको समयमा पुग्न सकिन्छ ।

मन्थली विमानस्थल सञ्चालनमा आएपछि मन्थलीको होटल व्यवसाय बढेको छ । तर होटल व्यवसायीहरुले मनलाग्दी रुपमा मुल्य निर्धारण गर्दा समेत जिल्ला प्रशासन कार्यालयले कुनै प्रक्रिया अगाडि बढाउन सकेको छैन् । मन्थलीमा एक बोतल मिनलर वाटरको ५० र मन्थलीमा ११ रुपैयाँमा पाइने पानीलाई ३० रुपैयाँमा होटल व्यवसायीहरुले बेच्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्