बिजेता नेपालीलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत



२३ वैशाक,रामेछाप ।
लोक गीत संगीत मार्फत रामेछाप जिल्लालाई चिनाउदै कोल्गेट नेपाल इमजे लोक कलाकार सिजन–२ का विजेता रामकुमार नेपालीलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । विजेता भएपछि गृह जिल्ला रामेछापको सदरमुकाम आएका नेपालीलाई रामेछापवासीले बधाई दिदै स्वागत गरेका हुन् ।

मन्थलीमा परिवार एकता समाजको आयोजना,पन्चेबाजा संरक्षण समाज,नेपाल कपडा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा रामेछाप र नेपाललाई देश तथा बिदेशमा चिनाउन सफल भएको भन्दै नेपालीलाई सम्मान गरएिको हो ।

कार्यक्रममा मन्थली नगरपालिका नगरप्रमुख रमेश कुमार बस्नेतले रामेछापको इज्वत राख्न सफल भएकोमा खुसी व्यक्त गर्दै गायक नेपालीलाई बधाई दिए । नेपालीलाई मन्थली माविमा शिक्षक, विद्यार्थीको साथै बजारवासीले बजार परिक्रमा गराई स्वागत गरेर थप हौसला बढाउने काम गरेका छन् ।


लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय हुँदै आएका नेपाली २०६६ सालमा रामेछापको लोक तारा समेत बन्न सफल भएका थिए । मन्थली नगरपालिका कुडारमा जन्मिएक उनले विजेता बन्दै १ लाख ५० हजार नगद समेत पुरस्कार पाएका थिए ।

मन्थलीमा सम्मानित भएपछि गायक नेपालीले रामेछाप जिल्लालाई देश विदेशमा चिनाउने कार्यमा गीत संगीतबाट भूमिका खेल्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘जन्मभूमिलाई चिनाउनु सबैको कर्तव्य हो, म मेरो कला मार्फत रामेछापलाई देश विदेशमा चिनाउन मन बचन र कर्मको साथ प्रतिबद्ध भएर लाग्छु ।’

प्रतिक्रिया दिनुहोस्