रामेछापकाे चार स्थानीय तहलाई प्रदेश सरकारले दियो एम्बुलेन्स



२३ वैशाक, हेटौडा ।
तीन नम्बर प्रदेश सरकारले रामेछापको चार वटा स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको छ । यस अघि सामाजिक विकास मन्त्रालयले तीन नम्बर प्रदेशसका सबै स्थानीय तहलाई आवश्यकता भएको ठाउँमा एम्बुलेन्स माग गर्न पत्रचार गरेको थियो ।

तीन नम्बर प्रदेश सरकारले रामेछापका मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिकालाई एम्बुलेन्स र दोरम्बा गाउँपालिकालाई भने एम्बुलेन्स र शव बहान दुवै उपलब्ध गराएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा चार वटा स्थानीय तहले एम्बुलन्स पाउन सफल भएका छन् । जिल्ला शव बहान भने पहिलो पटक भित्रिन लागेको छ । अहिलेसम्म जिल्लामा शव बहान नहुँदा लाश बोक्न निकै सास्ती हुदै आएको छ ।

प्रदेश सरकारले एम्बलेन्स खरिद गर्नको लागि बजेट उपलब्ध गराउने र एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन स्वंय स्थानीय सरकारले नै गर्नुपर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्