दोरम्बा गाउँपालिकाको पहलः एकै पटक एम्बुलेन्स र शव वहान



२३ वैशाक, रामेछाप ।
दोरम्बा गाउँपालिकाको पहलमा एकै पटक एम्बुलेन्स र शव वहान प्राप्त गरेको छ । गाउँपालिकाले माग गरे अनुसार तीन नम्बर प्रदेश सरकारले एम्बुलेन्स र शव बहान प्रदान गरेको हो ।
हरेक स्थानीय तहमा एम्बुलेन्स, शव बहान र दमकल पुर्याउने प्रदेश सरकारको नीति बमोजिम दोरम्बा गाउँपालिकाले दुई सफलता एक साथ हात पारेको छ ।
यस अघि दोरम्बा गाउँपलिकाकै एम्बुलेन्स थिएन । लखनपुरका स्थानीयले आफै आर्थिक संकलन गरेर यस अघि एम्बुलेन्स सञ्चालनमा ल्याएका थिए । गाउँपालिकाको पहलमा एम्बुलेन्स र शव वहान एक साथ भित्र्न लागेको गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तानले बताए ।

दोरम्बा गाउँपालिकाको लागि प्रदेश सरकारले प्रदान गरेको शव बहान तीन गाउँपालिकाले पनि प्रयोग गर्ने गरी तयारी गरिएको छ । सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा गाउँपालिकाले उक्त शव बहान प्रयोग गर्ने पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्