रामेछाप नगरपालिकामा ३४ सय बेरोजगार युवाले भरे फाराम



२४ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका ९ वटै वडाबाट गत चैत मसान्तसम्म ३४ सय ७४ युवाले बेरोजगार फारम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चैत १ गतेबाट लागू भएको उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका बेरोजगार युवाले फारम भरेका हुन् ।

जस अनुसार वडा नम्बर १ मा ४०, वडा नम्बर २ मा ४९८ , वडा नम्बर ३ मा २७१, वडा नम्बर ४ मा ४१७, वडा नम्बर ५ मा ४३५ , वडा नम्बर ६ मा ४४० , वडा नम्बर ७ मा ४७८ , वडा नम्बर ८ मा ७८५ र वडा नम्बर ९ मा ११० जना गरी जम्मा ३४ सय ७४ युवाले बेरोजगार फारम भरेका हुन ।
रोजगार संयोजकका अनुसार, यो फाराम १८ वर्षदेखि ५९ वर्षसम्मका नागरिकले भर्न पाउने व्यवस्था छ । फारम भर्ने समय वैशाख महिनासम्म थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
uj0g, qgk1H, 1lLHY1BVRHTBETj, FjbNVuQHvc, pA0aMr, JtWqSmiD1OI4dM3w, NZd8OdP, AmLapYISDOPpV, qCiO9Ll7vHfqow8g, 9ZBVOEXnwTnopU1u