पुष्पलालको जन्मभूमिबाट नेता पौडेलको घोषणाः नेकपाको सरकार ३ बर्षमै ढल्छ



२४ वैशाक, रामेछाप ।
नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृत्वको सरकार तीन बर्षभित्र ढल्न सक्ने बताएका छन् । रामेछाप नगरपालिकामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुशासन भन्दा पनि हत्या हिसां र भ्रष्टचारलाइ प्राथमिकता दिएकाले तीन बर्षभित्र नै ढल्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली आफै भ्रष्टचारी र अपराधिक क्रिर्याकलाप गर्नेहरुलाई ढाकछोप गर्न लागी परेको आरोप लगाउदै पौडेलले भने,‘हिले प्रधानमन्त्री ओली आफै प्रधानन्यायधीस भएको जसरी न्यायलयको काम समेत गर्न थालेका छन् ।’

यो सरकारालई देशको चिन्ता नभएको उनले देशको जिम्मा अब नेपाली काग्रेसले लिन पर्ने भएकोले पार्टी अब एक ढिक्का भएर अघि बढनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले देशमा आर्थिक विकास र समृद्धि कांग्रेसले सुरु गरेको बताउँदै वर्तमान सरकारले नागरिकहरुलाई खोक्रो भाषण मात्र दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्