रामेछापलाई थप शव वहान उपलब्ध गराउछौः मन्त्री ढुंगेल



२५ वैशाक, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लामा एम्बुलेन्स, दमकल र शव बहानको अभाव हुन नदिने बताएका छन् । उनले जिल्लाको आठ वटै स्थानीय तहलाई सुविधा हुने गरी प्रदेश सरकारले एम्बुलेन्स प्रदान गरेको बताउदै मन्थली नगरपालिकाको लागि थप शव बहान उपलब्ध गराउने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले भने,‘स्थानीय तहलाई आवश्यक स्रोत साधन उपलब्ध गराइन्छ, त्यसको व्यवस्थापन पक्षमा बढी ख्याल गर्नुपर्ने देखिन्छ ।’ स्थानीय सरकारले माग गरे अनुसार थप एम्बुलेन्स उपलब्ध गराइने उल्लेख गर्दै उनले नागरिकहरुलाई आपत विपदमा आवश्यक पर्ने एम्बुलेन्स र शव बहान उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताए । केही दिनअघि मात्र प्रदेश सरकारले रामेछापको चार वटा स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

दोरम्बा गाउँपालिकालाई भने एम्बुलेन्स र शव बहान उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ । मन्त्री ढुंगेलले केही महिनाभित्र नै मन्थली नगरपालिकालाई पनि शव बहान उपलब्ध गराउने तयारी गरेको बताए । रेडक्रस सोसाइटी रामेछापले शव बहान उपलब्ध गराउन प्रदेश सरकारलाई माग गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्