जागरण अभियानः रामेछापमा विपीलाई साक्षी राखेर गाउँ छिर्यो कांग्रेस



२५ वैशाक, रामेछाप ।
पार्टीलाई सदृढीकरण गर्न र नेकपा नेतृत्वको सरकारले गरेको गलत कामको विरुद्ध खबरदारी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक महिने जागरण अभियान आजबाट सुरु गरेको छ । देशको ७७ वटै जिल्लामा आजबाट एक साथ सुरु भएको जागरण अभियान रामेछापमा पनि सुरु भएको छ ।
बुधवार केन्द्रको योजना अनुसार जिल्ला कार्य समिति रामेछापले सदरमुकाम मन्थलीको विपी चोकमा आयोजना गरेको जागरण अभियानमा नेताले पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ।


कार्यक्रममा केन्द्रीय प्रतिनिधि नेपाली काग्रेसका नेता मनमोहन भट्टराइले दुई तिहाईको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । वर्तमान सरकारले नागरिकरुको अपेक्षा पूरा गर्न नसक्ने बताउदै कांग्रेसको नेतृत्वले मात्र देशलाई सही गतिमा अगाडि बढाउने दावी गरे ।

कार्यक्रममा जिल्ला कार्यसमिति रामेछापका सपभाति लबश्री न्यौपानेको कार्यकर्तामा उत्साह ल्याउन जागरण अभियान सफल हुने विश्वास व्यक्त गरे । पार्टी सचिव लेखबहादुर कार्कीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताउदै जागरण अभियान कार्यकर्ताहरुमा नयाँ उत्साह थप्ने बताए ।


उक्त कार्यक्रममा बिष्णु बस्नेत, रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, निर्मला घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अथितिहरुलाई कुनै खाता र माला लगाइएको थिएन । केन्द्रको नीति अनुसार सामुहिक आसन ग्रहण गराएर कार्यक्रम सुरु गरिएको छ ।
८ स्थानीय तहको ६२ वटा वडामा जागरण अभियान
पार्टी सचिव लेखबहादुर कार्कीले आजबाट सुरु भएको जागरण अभियान रामेछापको ८ स्थानीय तहको ६४ वटामा सञ्चालन हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘जागरण अभियानमा शहीद परिवारलाई सम्मान गर्नुको साथै कार्यकर्ताको गुनासो सुन्ने काम हुन्छ ।’

अभियानमा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य, पूर्व पदाधिकारी लगायतको सहभागीता रहनेछ ।
संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि कांग्रेसले जनजागरण अभियान अन्तर्गत गाउँगाउँमा पुगेर कार्यकर्ताको गुनासो सुन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्