गाई काटने रामेछापका दुई युवा प्रहरी खोरमा



२५ वैशाख, रामेछाप ।

गाई काटेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

गाई काटेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेष अदाललते गाई काटने दुई युवालाई पक्राउ गरेर मुद्दा चलाएको रामेछाप न्युजलाई बताए ।
उनका अनुसार अभियुक्तलाई पक्राउ गरी पशुपन्छी ऐन अन्तर्गत मुद्दा लगाइएको छ । प्रवक्ता अदालतले भने,‘अभियुक्त दुवै जनालाई मुद्दा चलाएका छौ, अपराध प्रमाणि भए तीन बर्ष जेल सजाय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्