मालपोत र नापी कार्यालयका बिचौलिया हटाएर डिजिटल प्रणाली राखिन्छः मन्त्री अर्याल



२६ वैशाक, रामेछाप ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी कार्यालय र मालपोत कार्यालयमा अनावश्यक रुपमा हुने बिचौलिया धन्दा नियन्त्रण गरिने बताउनुभएको छ । उहाँले नागरिकहरुलाई दुःख दिने कर्मचारीहरुमाथि पनि सरकारले कडा कदम चाल्ने बताउनुभएको हो ।

रामेछापको सदरमुकाम मन्थलीमा नापी कार्यालयको नवनिर्मि भवनको विहिवार उदघाटन गर्दै मन्त्री अर्यालयले २०४८ साल देखि अतिक्रमण सुरु भएको जग्गाको अहिलेको सरकारले अतिक्रमणमा संलग्न व्यक्तिको खोजी गरेर कारबाही गर्न खोज्दा उल्टै भूूमाफियालाई सरकारले नै जोगाउन थल्यो भनेर गलत प्रचार भइरहेको बताउनुभयो ।

नापी कार्यालयमा सेवा लिन आउने नागरिकलाई छिटो, छरितो र नागरिकमैत्री बनाउनु सरकारको लागि चुनौती रहेको उल्लेख गर्दै उहाँले चुनौतीको चाङ पन्छाउदै सरकार नागरिकहरुको सेवामा लागेको बताउनुभयो ।

देशभर नै नापी नक्सामा समस्या रहेकाले सबै ठाउँमा पुनःनापी गरी डिजिटल प्रणालीमा लैजान भू–उपयोग नीति पास गर्ने तयारी भइरहेको बताउदै मन्त्री अर्यालले नापी र मालपोतका केही कर्मचारीले भ्रष्टचार गर्दा त्यसेका असर निर्दोष कर्मचारीले पनि भोग्नु परेको बताउनुभयो ।
‘भ्रष्टचारीलाई ठाउँको ठाउँ कारवाही हुन्छ’,उहाँले भन्नुभयो,‘ कोही पनि कर्मचारीले नागरिकलाई दुःख दिएर भ्रष्टाचार र अनियमित गर्न खोज्यो भने सरकारले त्यस्ता कर्मचारीलाई हदैसम्मको कारवाही गर्छ ।’
लेखापढी व्यवसायीहरु नापी र मालपोत कार्यलय परिसरभित्र गएर ढड्डा बोक्ने मोठ भिडाउने र बिचौलियाको काम गर्ने गरिरहेको पाइएकोले अब यस प्रकारका सबै खाले समस्या समाधानका लागि डिजिटल प्रणालीमा लैजान लागिएको उहाँले बताउनुभयो ।
नवनिर्मित भवन ४ करोड २ लाख ८६ हजारको लागतमा निर्माण सम्पन्न भएको नापी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्