रामेछापमा भीरबाट लडेर एक जनाको निधन



२६ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । हिजो आफन्तको छेवारमा सहभागी भएर हिजो घर फर्कने क्रममा साउनेगैरीको भीरबाट लडदा मान बहादुर भनिने गागलभदौरेका राजेश थोकरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालले भीरबाट दुई सय मिटर तल थोकरको शव भेटिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्