नेकपा रामेछापको इन्चार्जमा पौडेल सह–इन्चार्जमा श्रेष्ठ
२७ वैशाक, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकता प्रक्रियाको टुंगो अन्तिम चरणमा पुर्याएको छ । जिल्ला कमिटीलाई पूर्णता, स्थानीय पार्टी गठन, जनवर्गीय संगठनको एकता, पार्टीका केन्द्रीय सस्यको कार्य विभाजन, पोलिटब्युरो गठन र केन्द्रीय विभाग गठनको काम अन्तिम चरणमा पुर्याएको हो ।
जेठ ३ गते सांगठानिक एकताको सबै काम सम्पन्न गरेर घोषणा गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले रामेछाप न्युजलाई बताए । उनका अनुसार ४४१ जना केन्द्रीय सदस्यहरुको कार्य विभाजको सूचि पनि तयार भएको छ । सचिवालयले ७७ वटै जिल्ला पूर्व दुई पार्टीको भागवण्डा बमोजिम इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली भियतनामबाट फर्किए लगत्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनले अन्तिम रुप लिनेछ ।
सचिवालयका एक नेताले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार नेकपा रामेछापको इन्जार्चमा देवशकंर पौडेल, सह–इन्चार्जमा श्याम कुमार श्रेष्ठलाई जिम्मेवारी दिने गरी सूचि तयार गरिएको छ ।
रामेछापबाट नेकपाका देवशकंर पौडेल, कैलाश ढुंगेल, श्याम कुमार श्रेष्ठ, युवराज चौलागाई, माधव ढुंगेल, कमल चौलागाई गरी छ जना केन्द्रीय सदस्य रहेका छन् ।