रामेछापमा आत्महत्या गर्नेको संख्या डर लाग्दो बन्दै



२७ वैशाक, रामेछाप ।
राजन महतारा क्षेत्री
रामेछाप जिल्लामा आत्महत्या गर्ने संख्या डर लाग्दो बनेको छ । केही बर्षयताको तथ्याङले आत्म हत्या गर्नेको डर लाग्दो अवस्था देखाएको हो । चालु आर्थिक बर्षमा मात्र रामेछाप जिल्लामा १८ जना पुरुष र १३ जना महिलाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यलय जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतका अनुसार गत आर्थिक वर्षमा १८ जना पुरुष र २५ जना महिलाले आत्महत्या गरेका थिए ।
उनका अनुसार आत्महत्या गर्नेमा १८ देखि ३० बर्ष उमेर समुुहका युवा युवती रहेका छन् । यसरी आत्मा हत्या गर्नेको संख्या बढ्नुका मुख्य कारण बैदेशिक रोजगारी, मानसिक तनाब, प्रेममा धोका, परिवारिक कलह लगायत रहेको प्रवक्ता अदालतले बताए ।

आत्महत्या गर्दा धेरैले बिष सेवन र पासो लगाउने गरेका छन् । तथ्यांक अनुसार जिल्लामा आत्महत्या गर्ने संख्या प्रत्येक वर्ष बढ्दै गएको तथ्याङकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्