नेकपा रामेछापको जिल्ला कमिटी १३५ सदस्यीय



२९ वैशाक, रामेछाप ।
पार्टी एकता भएको एक बर्षपछि नेकपा रामेछापको जिल्ला कमिटीले पूर्णता पाएको छ । नेकपा रामेछापले १ सय ३५ जनाको जिल्ला कमिटी बनाउने गरी तीन नम्बर प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
स अनुसार पूर्व एमालेबाट ६९ र पूर्व माओवादी केन्द्रबाट ६६ जना रहने गरी जिल्ला कमिटीमा रहने नामावली तयार गरेर सिफारिस गरेको छ । नेकपा रामेछापका सचिव शान्ति पौडेलले १ सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने रामेछाप न्युजलाई बताए ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवको चयनसँगै जिल्ला कमिटीलाई पूर्णता दिने काम अगाडि बढेको छ । पूर्व जिल्ला कमिटीमा रहेकाहरुलाई नै केही संख्या घटाएर जिल्ला कमिटीको लागि सिफारिस गरिएको उनले बताए ।
तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेले जेठ ३ गते १३ वटै जिल्लाका जिल्ला कमिटीमा रहने सदस्यहको नामावली घोषणा गर्ने रामेछाप न्युजलाई बताए । रामेछापबाट प्रदेश कमिटीमा १३ जना यस अघि नै चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्