मन्थली नगरपालिकाभित्र शैक्षिक सुधार गर्ने प्रतिबद्धता



२९ वैशाक, रामेछाप ।
मन्थली नगरपालिकाकाका जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरुले नगरपालिकाभित्रको शैक्षिक सुधारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्थली नगरपालिकाको आयोजनामा २ दिने सार्वजनिक शिक्षा सवलीकरण कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मन्थली क्याम्पसको मिडिया हलमा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेले हरेक स्थानीय सरकारले पहिलो बजेट शिक्षाको लागि विनियोजन गर्नुपर्ने बताए । ‘अबको विकास शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गरेर मात्र सम्भब छ’, उनले भने,‘गुणात्मक र व्यावसायिक शिक्षाले मात्र रोजगारी र आत्मनिभर बनाउछ ।’ ढुंगेले शिक्षक संगठन, र विद्यार्थी सगठनहरुले अब अधिकार माग्ने मात्र भन्दा पनि रचनात्मक काममा लाग्नु पर्नेमा जोड दिए ।


कार्यक्रममा तीन नम्बर प्रदेशका सांसद शान्ति पौडेल, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश वस्नेत, मनोपरामर्शदाता डा. शुशिल कँडेल, उत्कृष्ट सामुदायिक विद्यालय जनज्योति मावि सुर्खेतका प्रअ नारायण सिग्देल, रामेछाप जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालय डहु मावि डहुका प्रअ दलबहादुर लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी,मन्थली क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ, शिक्षाविद नारायण बहादुर श्रेष्ठले शैक्षिक क्षेत्रको सुधारको लागि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्