चार बर्षपछि चिटिक्क बन्यो रामेछापको एक मात्र संस्कृत विद्यालय



राजन महतारा क्षेत्री
२९ वैशाक, रामेछाप । चार बर्ष अघि गएको विनाशकारी भुकम्पको कारणले क्षति भएको रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय शारदा संस्कृत माविको पुननिर्माण सम्पन्न भउको छ । नवनिर्मित विद्यालय भवनको आइतवार उदघाटन गरिएको हो ।


कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्लाको शैक्षिक अवस्था सुधार गर्न सबैको भुमिका महत्वपुर्ण हुने बताउँदै आफुहरु पनि यस विषयमा गम्भिर भएर लागि परेको बताइन ।
नगर प्रमुख थापा मगरले दातृ निकायहरुको सहयोगमा गाउँगाउँमा सुविधा सम्पन्न भवन बन्नु खुसीको कुरा भएको बताउँदै विद्यालयको भौतिक संरचनाजस्तै पठनपाठनमा पनि सुधार आउनुपर्ने बताए ।
उनले नगरभित्र रहेको सबै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार गनुपर्ने देखिएकाले नगर शिक्षा संयोजकसँग समन्वय गरी शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा आफुहरुको लागि परेको बताए ।
९ करोड ६५ लाखमा बन्यो विद्यालय भवन

रामेछाप नगरपालिका–८ बाबियाखर्कमा रहेको विद्यालय २०७२ को भुकम्पले ध्वस्त भएको थियो । ९ करोड ६५ लाख २८ हजार ३ सय ६० लागतमा निर्मित ५ वटा पक्की भवन अपाङग र बालमैत्री रहेको छ । भुकम्पिय आपलकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत नव निर्मित विद्यालय भवन एशियाली विकाश बैकको आर्थिक सहयोग र जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाको अनुदान व्यवस्थापना निर्माण भएको हो । लुम्बिनी÷खानी जेभी निर्माण कम्पनीले निर्माण गरेको भवनको डिजाइन र सुपरभिजन भने इआएरएसी कन्सलटेन्टले गरेको हो ।


विद्यार्थीलाई होस्टलमै राखेर कर्मकाण्ड सिकाउदै विद्यालय
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार घिमिरेले विद्यालयमा यस्तो भौतिक संरचना बन्ला भनेर आफुहरुले कल्पना समेत नगरेको बताए । तर अहिले आँखै आगाडि आफ्नै विद्यालयमा सुविधा सम्पन्न भवनहरु बन्दा एकदमै खुसी लागेको सुनाए । जिल्लामा कहीँ पनि संस्कृत पढाइ नहुने भएकाले संस्कृत पढ्न चाहने विद्यार्थीहरुका लागि अब विद्यालयमै होस्टेल राखेर संस्कृत कर्मकाण्ड पढाइने पनि अध्यक्ष घिमिरेले बताए । सुविधा सम्पन्न भौतिक संरचनाहरु बनेपनि दक्ष शिक्षक, विज्ञान प्रयोगशाला, कम्युटर कक्ष र प्रविधिको प्रयोग गरी पठन पाठनपाठन गर्न नसक्दा विद्यार्थीको संख्यामा कमी आएको विद्यालयले बताएको छ ।


भवन त बन्यो विद्यार्थीको संख्या बढेन
विं सं. २०१६ सालमा स्थापना भएको विद्यालयमा क्षेत्री , ब्राम्हण दलित तथा जनजाति सबै समुदायका विद्यार्थीहरु अध्ययन गर्छन । विद्यालमा कक्षा शिशुदेखि १२ सम्म पठन पाठन हँदै आएको छ । हाल विद्यालयमा कक्षा शिशुदेखि १२ सम्म जम्मा २१७ जना विद्यार्थीहरु रहेका छन् । विद्यार्थीहरुलाई १५ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराउँदै आएका छन । शिक्षकको दरबन्दी विद्यालयमा पर्याप्त भएपनि विद्यार्थि संख्या भने न्युन छ । सुविधा सम्पन्न भवनहरु बने पनि विद्यालयमा विद्यार्थीको संख्या भने बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्